काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


