काठमाडौं । जल तथा मौसम विभागले आज पनि देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यस्तै कोशी, बागमती र गण्डकीमा भारी वर्षाको पनि सम्भावना छ।
अहिले बिहान पनि कोशीका थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थनमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ।
मौसमविद् लामिछानेले दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको बताए। ‘ठूलो वर्षाको सम्भावना त छैन’, उनले भने, ‘तर काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिन्छ।’


