काठमाडौँ । वरिष्ठ अधिवक्ता महादेव यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण ठगीमा संलग्न नभएको जिकिर गरेका छन् ।
वरिष्ठ अधिवक्ता यादवले अदालतमा खाणले गरेको इन्कारी बयान अनुसन्धानमा प्राप्त दसी भन्दा विपरीत नभएको बताए । जाहेरवाला प्रेमराज पन्थीको जाहेरीको पेटबोलीमा गिरोहका सदस्यले ‘गृहमन्त्री आफ्नै मान्छे हुन्’ भन्ने ब्यहोरा मात्र उल्लेख गरेको यादवले बताए । उनले भने, ‘सहप्रतिवादीलाई ३ पटकसम्म बयान गराएर पोल्न लगाइएको छ, यस्तो परिपाटी नै छैन ।’
सचिव टेकनारायण पाण्डेले लेखेको र नरेन्द्र केसीबाट बरामद गरिएको भनिएको ‘कागज’को आधिकारिकताबारे वरिष्ठ अधिवक्ता यादवले प्रश्न उठाए । ‘


