काठमाडौं । हत्या अभियोग लागेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ ९३० बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्।
उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले सूचना टाँस गरी जानकारी दिइएको हो । महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको छ ।
उनलाई २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।


