काठमाडौं । जल तथा मौसव विभागले आज पनि जाडो बढ्ने जनाएको छ ।
पश्चिमी वायुको प्रभावस्वरुप हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भू(भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने छ। बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति पनि कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीकै अवस्था रहने छ।


