काठमाडौं । नयाँ सरकार गठन गर्दा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । महामन्त्री भुवन पाठकले बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।
बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ । यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ । केही दिनभित्रै सरकारको न्यूनतम् साझा कार्यक्रम आउने अपेक्षा गरिएको भन्दै पाठकले त्यसपछि सरकारमा गइने बताए ।


