काठमाडौं । नेकपा एमालेका दुईजना उम्मेदवारलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
आयोगले शनिबार प्युठानबाट प्रतिनिधिसभाका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री र धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको हो।
आयोगले थापालाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधेको हो।
ुनिर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारवाही किन हुनु नपर्ने होरुु, थापालाई आयोगले सोधेको स्पष्टीकरणमा सोधिएको छ।
त्यसैगरी आयोगले धनुषा क्षेत्र नं। ३ बाट एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ।


