काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ
स्थायी समिति सदस्य आलोक रायमाझीले आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने जानकारी दिए ।
बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने पनि उनले बताए । यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।


