काठमाडौं । चन्द्रमास अनुसार आजदेखि पहिलो साउने सोमबारको व्रत सुरु भएको छ । सौर्यमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजदेखि नै व्रत सुरु भएको हो ।
व्रतको अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ ।
साउनमा अधिकमास परे पनि नित्य पूजा आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ ।


