काठमाडौं । जल तथा मौसम विभागले आज देशका सातै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। अनि मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। अनि मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी पनि आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।


