काठमाडौं । आज पनि देशका केही प्रदेशमा वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २४ घण्टामा ५० भन्दा धेरै र १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई भारी वर्षा भएको मानिन्छ ।
बाँकी प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।


