काठमाडौं । जल तथा मौसम विभागले आज पनि देशभर मौसम बदली हुने जनाएको छ । ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


