काठमाडौं । आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।
हरिबोधिनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण चाँगुनारायण इचंगु नारायण, विशंखुनारायण र शेषनारायण लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।


