काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भोलि दिउँसो पौने एक बजे बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए । एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।
सिफारिस उम्मेदवारहरुबारे शुक्रबारको बैठकमा छलफल गरेर टिकट दिने एमालेको तयारी छ । यहीबीचमा एमालेले सत्ता गठबन्धनसँग सिटबाँडफाँटबारे छलफल समेत अघि बढाएको छ ।


