काठमाडौं । जल तथा मौसम विभागले आजबाट काठमाडौं उपत्यकाको मौसम मुख्यतया सफा रहने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले उपत्यकामा अहिले बिहान हल्का हुस्सु लागे पनि घाम लागेपछि त्यो हटेर जाने बताए।
‘आज दिउँसो पनि काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै रहनेछ’, मौसमविद्ले झाले भने, ‘आज पानी पर्ने सम्भावना छैन।’ २५ प्रतिशत आकाशमा मात्र बादल छ भने त्यसलाई मुख्यतया मौसम सफा मानिन्छ।


