काठमाडौं । जल तथा मौसम विभागले आज केही प्रदेशमा हल्का वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रही बाकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


