काठमाडौं । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ।
पछिल्लो राजनीतिक विकासक्रमले गर्दा उनीहरु गठबन्धनको स्थगित गरेर आ –आफ्नो पार्टीको बैठकमा लागेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। त्यस्तै, साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।
ः


