काठमाडौं । आज देशका पाँच प्रदेशमा हावाहुरी चल्ने मौसम विभागले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ।
देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।


