काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्ती पुष्पकमल दाहालले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने स्पष्ट पारेका छन् । उनले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले झुटको पछि नलाग्न आग्रहसमेत गरे ।
एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको पनि दाहालले बताएका छन् ।
‘केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ,’ उनले भने ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कुनै सैन्य सम्झौता नहुने प्रतिबद्धता जनाएको दाहालले बताए ।


