काठमाडौं । नवलपरासी पश्चिम २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। उनी ३४ हजार ९५९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलले जम्मा १९ हजार ५९४ मत प्राप्त गर्न सके । प्रधानले कंडेललाई १५ हजार ३६५ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।


