काठमाडौं । मौसम विभागले काठमाडौं उपत्यकामा तुवाँलो लागेकाले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकामा पनि तुवाँलो लागिरहेको छ। ‘अहिले यहाँको भिजिबिलिटी पनि कम छ, अहिले भिजिबिलिटी २ हजार मिटर मात्र छ’, उनले भनिन्।
आगामी २र३ दिनसम्म वर्षाको खासै सम्भावना नभएकाले तुवाँलो हट्ने सम्भावना छैन। ‘वर्षा भए तुवाँलो हट्थ्यो, तर आगामी २र३ दिन वर्षाको सम्भावना देखिँदैन।’
तुवाँलोले स्वास्थ्यमा असर पर्ने भएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिएर सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।


