काठमाडौं । मंगलबार सडक दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमामा प्रदेश सरकारले आज शोक बिदा दिएको छ ।
मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ ।
गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजूलगायतको निधन भएको थियो ।
सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।


