काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
यही जुन १४ तारिख कोशी, मधेशको पूर्वी भाग, बागमतीको अधिकांश स्थान र गण्डकी प्रदेशमा प्रवेश गरेको मनसुन ९ दिनपछि शुक्रबार देशभर फैलिएको हो। त्यसो त हाल देशमा मनसुनी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण अहिले बिहान पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौमसविद् समीर श्रेष्ठले भने, ‘राति सबै प्रदेशमा पानी परेको छ, तत्काल भने मधेश प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।’ उनका अनुसार अबका ३ दिन अर्थात् सोमबारसम्म मौसम खुल्ने सम्भावना छैन। मौसम बदली र वर्षा जारी रहने देखिएको छ।
‘


