काठमाडौं । एआईजी विश्वराज पोखरेलले नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पहिलो सुनवाइ आज हुने भएको छ ।
उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्ति गर्नु कानुनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।
पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए । आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो ।