काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको मुद्दाको निसु (निर्णय सुनाउने दिन) आजका लागि तोकिए पनि उक्त मुद्दा पेशीमा चढेको छैन ।कार्तिक १५ गते निर्णय सुनाउने भनेर यसअघि नै पेसी तय भएको थियो ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
अख्तियारले पूर्व प्रधानमन्त्रीद्वयविरुद्ध मुद्दा दायर नगरेपछि उनीहरूलाई पनि मुद्दा लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।