काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ।
बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्।
जसअनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे सुरु गर्ने कार्यक्रम छ। उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण संसद सचिवालयले जनाएको छ।


