काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ।
तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लागेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। तर, पानी पर्ने सम्भावना भने छैन।


