काठमाडौं । आज केही पहाडी जिल्लाको उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
यस्तै, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँक भागमा मौसम सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।