काठमाडौं । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा सार्वजनिक गर्दैछ।
आज दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ। आइतबार बजेट सार्वजनिक गर्न लागिएको हो।
यसअघि शनिबारको प्रतिनिधि सभा बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भइसकेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो।