काठमाडौं। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको आचारसंहिता आज (शुक्रबार) मध्यरातदेखि लागु हुँदै छ।
आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ।
आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरूलाई हस्ताक्षर गराइसकेको छन्। स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेलालगायतका काम गर्न पनि वर्जित हुन्छ।
यसैगरी योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षणलगायतका काम गर्न पनि पाइँदैन। यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापनलगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्ने हुन्छ।