काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आधारभूत अस्पतालका लागि उपकरण खरिद गर्ने योजना रहेको बताएका छन् ।
मन्त्री बस्नेतले आइतबार कान्ति बाल अस्पतालको ६२औँ वार्षिकोत्सवमा आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् ।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा समेत राखिसकेको बताए ।
‘विकास साझेदार संस्था, सबै शुभेच्छुक दातृ निकायलाई बोलाएर रंगशालमा अन्तराष्ट्रिय सम्मेलन गरौं । हाम्रो स्वास्थ्य क्षेत्रको स्वास्थ्यमा भएका काम, चुनौती र गर्नसक्ने कामको बारेमा बताऔं,’ मन्त्री बस्नेतले भने, ‘त्यसबाट अबौं पैसा उठ्न सक्छ । उठेको पैसाले उपकरण खरिद र भवन निमार्ण गरौं ।’