काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नक्कली शरणार्थी प्रकरणमा संलग्नहरूलाई कडा सजायको माग गर्दै आज विरोध प्रदर्शन गर्ने भएको छ।
आयोजक एकीकृत समाजवादी, केन्द्रीय मोर्चा संगठन विभागका अनुसार विरोध कार्यक्रम आज दिउँसो ३ बजे माइतीघर मण्डलामा आयोजना गरिनेछ। कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने तयारी छ ।
‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्ट अपराधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दै विरोध प्रदर्शन’ गर्न लागिएको जनाइएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।


