काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरण गर्न सहकारीलाई ग्रामीण क्षेत्रमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले मंगलबार झापाको दमकमा सहकारीकर्मीेसँगको अन्तक्रियामा ओलीले विकसित मुलुक बनाउनका लागि दिगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए विकसित राष्ट्र बन्नुपर्ने बताए ।
एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो । ‘एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ,’ ओलीले भने ।


