। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीले एक्ले जनतामा जाने बताएका छन् ।
शनिबार प्रेस चौतारी ताप्लेजुङले गरेको पत्रकार सम्मेलनमा बौल्दै उनले निर्वाचनलाई प्रभाव पार्ने गरि आचारसंहिता लागु भइसकेको अवस्थामा कर्मचारीको सरुवा बढुवा गरेकोप्रति आपत्ति प्रकट गर्दै सरकारले निर्वाचनलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लागाए ।
मुलुकको अर्थतन्त्र भयावह भइसकेको इंकित गर्दै सरकारले राज्यको ढुकुटी सिध्याउने काम गरेको बताए प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा उनले राष्ट्रप्रमुखको हैसियतमा भ्रमणमा जानु पर्नेमा पार्टी प्रमुखको हैसियत भएको बताउँदै त्यो नसुहाउँदो भएको बताए ।