चितवन । पार्टीको १०औं महाधिवेशनका लागि चितवनको सौराहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नेतृत्व सम्बन्धमा सहमति जुटाउन अहिले छलफल गरिरहेका छन्।
अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई पनि उनले छलफलमा बोलाएका छन्। आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा ओलीले नेताहरूलाई बोलाएका हुन्।