काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।
मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् ।
तर रावलले अध्यक्षमा मात्र आफ्नो उम्मेदवारी रहेको बताएका सुब्बाले जानकारी दिए । अध्यक्षमा २२३ मत प्राप्त गरेका रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरे ।
उपाध्यक्षमा पराजित घनश्याम भुसालले केन्द्रीय सदस्यमा १२६५ मत प्राप्त गरेर विजयी भएका हुन् ।