काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट काठमाडौं कांग्रेस सभापति पदमा कृष्ण बानियाँ ‘सबुज’ विजयी भएको छन्। उनले १९५७ मत ल्याएर जितेका हुन्। उनका प्रतिस्पर्धी उपेन्द्र कार्कीले १०८९ मत ल्याए।
यस्तै उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन्। उनीहरूले क्रमशः १९२२ र १०४७ मत ल्याएर चुनाव जितेका हुन्।
उपसभापति पदमै उठेका धर्मराज अर्याल (१०४७) र रामलाल श्रेष्ठ (९४३) धर्मराज अर्याल भने हारे।
बम
यस्तै कांग्रेस काठमाडौं जिल्ला सचिवमा इन्द्र बहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) विजयी भएका छन्। सोही पदमा चुनाव लडेका सागर दास रन्जित(९४४) र कुमारराज सुवेदी (८५८) हारे।