काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५० हजार कटेको छ ।आफ्ना प्रतिष्पर्धीभन्दा धेरै फराकिलो मतअन्तर कायम गर्दै मेयरमा उनले ५० हजार ३० मतसहित अग्रता कायमै राखेका छन्।
अहिलेसम्म नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले ३० हजार ७६७ मत पाएकी छन् भने नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन्।
अहलेसम्म २३ वडाको मतगणना सकिँदा कांग्रेसले १३ वडा जितेको छ भने एमालेले १० वडा जितेको छ।
अहिले १३ देखि २१ नम्बर वडामा मतगणना जारी छ।