काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीमा गुटगत राजनीति मौलाएको र कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको भन्दै पार्टी परित्याग गरेका छन् ।
शर्माले अब के गर्ने भन्ने विषयमा निर्णय लिइनसकेको, तर राजनीतिमा नै रहने बताए । त्यसका लागि तराई मधेशका एजेन्डा बोक्ने राजनीतिक दलसँग सहकार्य गर्ने र आफ्नो भूमिका स्पष्ट भएपछि नयाँ वर्षअघि नै निर्णय लिने उनको भनाइ छ ।
आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘अन्तिम समयमा गत २८ फागुनमा मैले अध्यक्ष कमरेडसँग लामो समय बसेर समस्याबारे छलफल गरेँ । उहाँले निकै गम्भीर भएको जस्तो गर्नुभयो’, उनले भने, ‘तर त्यसपछि कार्यविभाजन गर्दा पुरानै समस्या दोहार्याउनु भयो ।


