काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार ९२ नमुनाको परीक्षण गर्दा १०,७०३ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् भने आज थप तीन जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।
हालसम्म् सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।