काठमाडौं । अखिल नेपाल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले मुलुकमा थुप्रै सकारात्मक र राम्रा विषयहरू हुँदाहुँदै मिडियाले केपी वलीको उडन्ते कुरालाई समाचार बनाएको टिप्पणी गरेकी छन् ।
चितवनको एक कार्यक्रममा उनले भरतपुर महानगरले देशकै नमूना काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘भरतपुरमा महानगरले विकाश र निर्माणमा देशमै नमूना काम गरिरहेको छ समाचार बन्दैन । मुलुकमा थुप्रै राम्रा कामहरू भएका छन् तर साढे तीन वर्षदेखि मिडियाका हेडलाइन केपी ओलीका उडन्ते र हावा गफले कब्जा गरिरहेका छन् ।’
केही दिनअघि एमाले उपाध्यक्ष ईश्वर पोखरेलले ‘राप्रपासँग कतिपय विषयहरूमा सहकार्य गर्न सकिने’ अभिव्यक्ति दिएको भन्दै सिंहले चितवन महाअधिवशनपछि एमालेमा पञ्चायतप्रेम बढ्दै गएको आरोप लगाइन् ।