काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
प्रचण्डले केही दिनअघि चितवनमा भएको सत्तागठबन्धनले चुनावी सभामा रूखवालाले हँसिया हतौडामा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएका थिए।प्रचण्डले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको छ।
उक्त अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण दिन भनेको छ।
यस्तो अभिव्यक्ति दिनुको अन्तरनिहीत मनसाय के हो भन्ने प्रश्नसमेत आयोगको छ।