नेकपा एसको पोलिटब्यूरो बैठक सुरु
काठमाडौं । हिजोबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि जारी छ।
सोमबारको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।
शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो।
यस्तोमा जारी बैठकमा सरकारमा जानेबारे अनौपचारिक कुरा भए पनि प्रस्ताव नै नआएकाले त्यसतर्फ तत्कालै सोच्न नहुनेमा नेताहरु पुगेका हुन्।


