काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लागुपदार्थ दुर्व्यसनी नेपालमा चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन् ।
उनले काठमाडौंमा आइतबार भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरारविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कैममा यस्तो बताएका हुन् ।
मन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको बताउँदै उनले लागुऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।


