काठमाडौं । अमेरिकी दूतावासले नेपालसँग कुनै पनि सैन्य गठबन्धन भएको वा प्रस्ताव नगरिएको स्पष्ट पारेको छ
नेपालमा दुई देशको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकाको एक राज्यसँग ‘स्ट्राटेजिक पार्टनरसीप प्रोग्रामु (एसपीपी) सम्झौता गर्न लागिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दूतावासले फेरि यसबारे बोलेको हो।
दूतावासले अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब नदिएको दाबी पनि गरेको छ। यसअघि अमेरिकी दूतावासले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भनेको नेपाल र अमेरिकाबीच सैन्य सम्झौता हुने भनेर सार्वजनिक दस्तावेज असत्य भएको बताएको थियो।


