काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।
दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । यसअघि हिजो एमालेले पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसमाथि विभिन्न आरोप लगाएको थियो ।