काठमाडौं । विगत केही दिनदेखि कोरोना संक्रमणदर कम हुँदै गएको छ । देशभर पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा ६ जनाको मृत्यु भएको छ भने थप एक हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६१६ जना रहेको छ ।