काठमाडौं । पाँच दिने भ्रमणका लागि चिनियाँ उपविदेशमन्त्री ली चुन लागि काठमाडौं आएका छन्।
पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ।


