काठमाडौं । नेपाली कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारमा खटिन पार्टी संयन्त्रलाई निर्देशन दिएका छन् ।
सभापति देउवाले सामाजिक सञ्जालमार्फत यस्तो निर्देशन दिएका हुन् । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान दुर्घटनामा परेको थियो ।
देउवाले उद्धारलाई प्रभावकारी बनाउन आवस्यक सबै प्रक्रिया अबिलम्ब सुरु गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् । ‘यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खबरले स्तव्ध भएको छु । यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछ’, उनले भनेका छन्, ‘साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु ।’


