काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे झुटो कुरा गरेर जनतामा भ्रम नफैलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
गणतन्त्र स्थापनाका लागि प्रचण्डको नेतृत्वमा राजतन्त्र विरोधमा आन्दोलन गरिएको उल्लेख गर्दै पौडेलले झुटो प्रचार नगर्न आग्रह गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता पौडेलले निकट भविष्यमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दावी गरे ।
उनंले शिक्षा प्रणाली र भौतिक पूर्वाधार सुधारको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । शिक्षामा नयाँ कार्यक्रम बनाएर विद्यार्थीलाई उत्पादनसंग जोडिने मन्त्री पौडेलको भनाइ छ ।